images
images

नेप्से परिसुचक ३०.५६ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ६४ करोड २ लाख माथि

images

काठमाण्डौ । मंगलबार सेयर बजार नेप्से परिसुचक ३०.५६ अंकले घटेको छ । नेप्से परिसुचक अन्तिम समयमा ३०.५६ अंकले घट्दै २०७० को विन्दुमा झरेर रोकिएको हो । आज ३ सय ५ कम्पनीका १ करोड २१ लाख ३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ६४ करोड २ लाख माथि पुगेको छ ।

आज कारोबारमा आएका सबै समुहको परिसुचक ओरालो लागेको नेप्सेले जानकारी दिएको छ । नेप्सेका अनुसार आज सबैभन्दा बढी गिरावट भने निर्जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । आज २०३ कम्पनीका लगानीकर्ताले गुमाउदा ४० लगानीकर्ताले मात्रै कमाउन सफल भए।

यसदिन निर्जीवन बीमा समुहको परिसुचक १ सय ९७ अंकले घट्दा जीवन बीमा समुहको परिसुचक भने १८७ अंकले घट्न पुगेको छ ।

घटेको बजारमा तीन कम्पनीको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ। बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त र सुपर माई हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको हो।

आज हिमालय रि–इन्स्योरेन्सको सर्वाधिक ३२ करोड ५० लाखको कारोबार भएको छ। साथै, सोनापुर मिनिरल एण्ड आयक कम्पनीको ११ करोड ९२ लाख र सानिमा मिडिल तमोर हाइड्रोपावरको १० करोडको कारोबार भएको छ।

आज गुराँस लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.७० प्रतिशतले घटेको छ। यस्तै आज जलविद्युत, बैंकिङ, विकास बैंक, म्युचुअल फण्ड, व्यापार, उत्पादनमुलकलगायत सबै समुहको परिसुचक ओरालो लागेको हो ।

images