काठमाण्डौ । केटीएम २५० ड्यूकको नयाँ भर्सन नेपाल आएको छ । कम्पनीले नयाँ मोडल २५० ड्यूकको बुकिङसमेत खुल्ला गरेरको हो ।
केटीएम मोटरसाइकल बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले व्यापक परिर्माजन सहित आएको २०२४ केटीएम २५० ड्यूकको बुकिङ खुल्ला गरेको हो । कम्पनीले केटीएम ड्यूक २५० को च्यासिस, तथा इन्जिनमा परिर्माजन गर्नुका साथै यसमा फिचरहरु समेत थप गरेर ल्याएको हो ।
केटीएम २५० मा २४९।७ सीसी सिंगल सिलिन्डर बीएस ६ इन्जिन रहेको छ । पुरानो मोडलमा डिओएचसी इन्जिन रहेको थियो भने, नयाँ मोडलमा कम्पनीले एसओएचसी इन्जिन सेटअप दिएको छ । नयाँ इन्जिनले पुरानो इन्जिनको तुलनामा १ पीएस पावर तथा १ एनएम टर्क ज्यादा जेनेरेट गर्छ । एसओएचसी सेटअपमा ३१ पीएस पावर र २५ एनएम टर्क जेनेरेट गर्दछ ।
त्यस्तै नयाँ मोडलमा पुरानोको तुलना १.५ लिटर ज्यादा क्षमताको इन्जिन दिइएको छ । तर नयाँ मोडलमा पुरानोको तुलनामा ग्राउन्ड क्लिरेयन्स भने केही कम गरिएको छ । पुरानो मोडलमा १८५ एमएम रहेको ग्राउन्ड क्लियरेन्स घटेर १७६ एमएम बनाएको हो ।
यो मोटरसाइकलमा ड्यूल च्यानल एबीएस, अल एलइडी लाइट, डिजिटल डिस्प्ले, डब्लूपी अपसाइड डाउन तथा मोनोशक, स्लिपर क्लच तथा क्विक सिफ्टर जस्ता अत्याधुकिन फिचर पाउन सकिन्छ । नयाँ मोडल केटीएम २५० ड्युकको मूल्य ७ लाख ३९ हजार निर्धारण गरेर बुकिङ लिन सुरु गरेको हो । पुरानो मूल्यको तुलनामा नयाँ मोटरसाइकलको मूल्य ५ हजार रुपैयाँले वृद्धि भएको हो ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times