images
images

सुदूरपश्चिम प्रदेशभित्र ४४ हजार तीन सय ६४ मेट्रिकटन मासु उत्पादन

images
images

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशभित्र ४४ हजार तीन सय ६४ मेट्रिकटन मासु उत्पादन भएको एक अध्ययन प्रतिवेदनले देखाएको छ।

 

images

प्रदेशका ९ वटै जिल्लामा गरी आर्थिक वर्ष २०७९–८० मा कुल ४४ हजार तीन सय ६४ मेट्रिकटन मासु उत्पादन भएको नेपाल राष्ट्र बैंक धनगढीको अध्ययन प्रतिवेदनले देखाएको हो। सबैभन्दा बढी कैलालीमा १९ हजार तीन सय ५० र सबैभन्दा कम बाजुरामा एक हजार ६ सय ६७ मेट्रिकटन मासु उत्पादन भएको छ।

 

कैलालीपछि कञ्चनपुरमा सबैभन्दा बढी ७ हजार पाँच सय २६ मेट्रिकटन मासु उत्पादन भएको छ। सो अवधिसम्ममा पहाडी जिल्ला दार्चुलामा दुई हजार दुई सय ७०, बैतडीमा तीन हजार ३२, डडेल्धुरामा दुई हजार एक सय २९ मेट्रिकटन मासु उत्पादन भएको अध्ययन प्रतिवेदनले देखाएको छ।