काठमाण्डौ । सर्वोत्तम सिमेन्टको आईपीओमा १० लाख बढीले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्रीको अन्तिम दिनसम्ममा १० लाख १२ हजार ३८४ जनाले आवेदन दिएका हुन् ।
सिडिएस एण्ड क्लियरिङ्ग (सीडीएससी)का अनुसार फागुन १६ गते साँझ ५ बजेसम्ममा उक्त आवेदकले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताको लागि आवेदन दिएका हुन् । उनीहरुबाट १९ अर्ब ३५ करोड ६५ लाख रुपैयाँ बराबरको आवेदन परेको छ ।
कम्पनीले गत फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्काशन तथा बिक्री गरेको थियो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित सो मात्राको सेयर बिक्रीमा राखेको थियो ।
उक्त सेयर किन्नको लागि लगानीकर्ताले प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले आवेदन दिनुपर्ने व्यवस्था थियो । र, उक्त सेयरमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाएका थिए ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times