images

ओमोडाको द ओमोडा इ फाइभले गर्यो ब्याट्री सम्बन्धि दुई वटा परीक्षण

images

काठमाण्डौ। ओमोडाको पहिलो पूर्ण विद्युतीय मोडल द ओमोडा इ फाइभले ब्याट्री सम्बन्धि दुई वटा महत्वपूर्ण परीक्षण सम्पन्न गरेको छ । जसअनुसार गाडीको पानी छिचोल्ने वाटर वेडिङ्ग र अण्डरबडी स्क्रापिङ परीक्षण गरिएको हो ।

पानी छिचोल्ने वाटर वेडिङ्ग परिक्षणले ओमोडा इ फाइभलाई वाटरप्रुफ, जलरोधक प्रमाणित गरेको कम्पनीले जनाएको छ । परीक्षणका क्रममा, ओमोडा इ फाइभले गाडीको अगाडीको ग्रिल सम्मको पौखरी सतहकै पानीलाई छिचोलेको थियो ।

images

यस्तै अण्डरबडी स्क्रापिङ परीक्षणका निम्ति दुर्घटनाका क्रममा बन्न सक्ने कडा परिवेश श्रृजना गरीएको थियो । जसका निम्ति गाडीलाई वास्तविक अवस्थामा सडकमा आउन सक्ने अवरोध श्रृजना गरी परीक्षण गरीएको कम्पनीले जनाएको छ ।

यस परीक्षणमा ओमोडा इ फाइभले २१० एमएम उचाइको फलामको पोष्ट पार गरेको थियो । जसले गाडीको संरचनागत पक्षमा महत्वपूर्ण चुनौती खडा गरेको थियो । तल्लो सतहको परीक्षण गरिसकिएपछि पनि ३० एमएम माथि रहँदै अघि बढेको गाडीको ब्याट्रि प्याकमा कुनै क्षती नपुगेको कम्पनीले जनाएको छ ।

images