काठमाण्डौ । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला नियुक्त भएका छन् ।
संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा बर्तौला र सचेतकमा सुनिता बराललाई मनोनयन गरेका हुन् ।
प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि यसअघिका सचेतक बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरिएको हो। सचेतक बनेकी बराल समानुपातिक सांसद हुन्। बर्तौला मकवानपुर २ बाट प्रत्यक्ष निर्वाचित भएर आएका सांसद हुन्।
बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट उदाएका नेताहरू हुन्।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times