काठमाण्डौ । पेयपदार्थ उत्पादक कोका–कोलाले २.२५ र १.५ लिटर कोका-कोलाको खरिदमा २५० मिलिलिटर निःशुल्क प्रदान गर्ने भएको छ । कोका-कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका–कोला निःशुल्क प्रदान गर्ने भएको हो ।
यस प्रमोशनल अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा हो । जुन धेरै वर्षदेखि निरन्तर चल्दै आइरहेको छ । कोका–कोलाको साथले साधारण खाना खाँदाको क्षणलाई पनि एक रमाइलो पलमा परिणत गर्ने अफरको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
अफरले कोका–कोलाको विश्वव्यापी ‘कोक एण्ड मिल्स’ क्याम्पेनलाई थप बढावा दिने कम्पनीको विश्वास छ । अफर सीमित अवधिको लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भने, ‘कोका-कोला सधैं आफ्ना उपभोक्ताहरुको लागि रमाइलो पलहरू सिर्जना गर्न प्रतिबद्ध छ । यो विशेष अफरले हाम्रा उपभोक्ताहरुको साधारण खाना खाने समयलाई पनि अविस्मरणीय बनाउन मद्दत पुर्याउनेछ भन्ने हामीलाई विश्वास छ ।’
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times