logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • पशुपति आसपास आजदेखि ५ दिनसम्म मासु र मदिरा निषेध

    पशुपति आसपास आजदेखि ५ दिनसम्म मासु र मदिरा निषेध

    104
    SHARES
    पशुपति आसपास आजदेखि ५ दिनसम्म मासु र मदिरा निषेध

    काठमाण्डौ । शिवरात्रि मेलालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालयमा आज फागुन २३ गतेदेखि ५ दिनसम्म पशुपतिनाथको मन्दिर आसपासको क्षेत्रमा मासु र मदिरा बेचबिखनमा निषेध गरेको छ।

    काठमाण्डौ प्रशासनले एक सूचना जारी गरी गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला–तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणका क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थको ओसारपसार, बिक्री, भण्डारण र सेवनमा रोक लगाएको हो । यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुनबमोजिम कारबाही चेतावनी प्रशासनले दिएको छ।

     

    शिवरात्रि फागुन २५ गते परेको छ। आजदेखि भने पशुपति क्षेत्रमा शिवरात्रि मेला सुरु हुँदैछ।


    अर्थ चौतारी
  • बुधबार, २३ फाल्गुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट