images

मर्जरमा गएका नेरुडे र मिर्मिरे लघुवित्तले फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने

images

काठमाण्डौ । मर्जरमा गएका नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तिीय संस्था लिमिटेडको एकीकृत कारोबार आगामी फागुन ३० गतेबाट हुने भएको छ ।

मर्ज भएश्चात कायम भएको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ हुन लागेको हो । यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् ।

images

 

यी दुवै संस्थाले गत वैशाख १० गते बेग्ला–बेग्लै विेशष साधारण सभाबाट मर्जरको अजेण्डा पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले गत कात्तिक ३ गते , नेपाल धितोपत्र बोर्डले कात्तिक २४ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले फागुन ११ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएसँगै संस्थाले एकीकृत कारोबार सुरु गर्न लागेको हो। आपसमा गाभिएर एउटै बनेको यो संस्थाको केन्द्रीय कार्यालय भने बनेपा नगरपालिका वडा न ८ साविकको मिर्मिरे लघ्ुवित्तको केन्द्रीय कार्यालय रहेको भवनमा नै कायम रहने छ ।

फागुन २९ गतेदेखि सेयर लगत एकिकरण लगायत पुनःसूचीकरण नभएसम्मका लागि सेयर कारोबार बन्द रहने संस्थाले जनाएको छ । यस्तै एकीकृत कारोबार सुरु गर्दा संस्थाको तथ्यांकहरुलाई एउटै सफ्वेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवगस्था मिलाउनुपर्ने भएकाले आगामी फागुन २९ गते एक दिन दुवै संस्थाको सम्पूर्ण कारोबार बन्द रहने संस्थाले जनाएको छ ।

images