logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • दुर्घटना अपडेट : त्रिशूली नदीमा खसेकामध्ये ६ यात्रुको मृत्यु, ३७ जनाको जीवितै उद्धार

    दुर्घटना अपडेट : त्रिशूली नदीमा खसेकामध्ये ६ यात्रुको मृत्यु, ३७ जनाको जीवितै उद्धार

    52
    SHARES
    दुर्घटना अपडेट : त्रिशूली नदीमा खसेकामध्ये ६ यात्रुको मृत्यु, ३७ जनाको जीवितै उद्धार

    काठमाण्डौ । कपिलवस्तुबाट काठमाण्डौतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ज्यान गुमाउने यात्रुको संख्या ६ पुगेको छ । न्यान गुमाउनेमा पाँच जना पुरुष र एक महिला रहेका छन् ।

     

    बस आज बिहान ५ बजे गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको थियो । नदीमा खसेकामध्ये ३७ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ ।

     

    उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २० जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।


    अर्थ चौतारी
  • बुधबार, २३ फाल्गुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट