काठमाण्डौ। मूल्य बढेर मंगलबार रेकर्ड कायम भएको सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य बढेर कारोबारमा आएको जनाएको छ । महासंघले आज तोलामा ५०० रुपैयाँले बढेर रेकर्ड बनाउदैँ सुनको कारोबार सुरु भएको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २३ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २२ हजार ९०० रुपैयाँ छ ।
हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २२ हजार ४०० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । योसँगै आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम थियो ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times