images

विश्व टीभी बजारमा एलजीको ओएलईडी टीभीको प्रभुत्व कायम

images

काठमाण्डौ । सधैं बदलिरहने घरेलु मनोरञ्जनमा एलजी विश्व टीभी बजारमा आफ्नो अविश्वसनीय योगदान गरी निरपेक्ष लिडर बनेको छ ।

एलजीले ११ वर्षसम्म ओएलईडी टीभी बजारको लिडर बनेर कम्पनीले नवीनता र उत्कृष्टतामा प्रतिबद्ध रही आफूलाई अरूभन्दा अलग प्रमाणित गरेको एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्सले जनाएको हो ।

images

बजार अनुसन्धान कम्पनी ओएमडीआईएका अनुसार एलजीले गत वर्ष विश्व ओएलईडी बजारमा ३ मिलियन ओएलईडी टीभी शिपमेन्ट गरेर शीर्ष स्थान हासिल गरेको छ । शिपमेन्टका आधारमा विश्व ओएलईडी टीभी बजारमा ५३ प्रतिशतको प्रभावशाली शेयर हासिल गरी एलजीले आफ्नो प्रमुख स्थानलाई कडा मेहनतद्वारा निर्विवादित रूपमा धारण गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रिमियम अल्ट्रा(लार्ज टेलिभिजनको माग तीव्र बढ्दै गइरहेको कारण एलजीले आफ्ना ओएलईडी टेलिभिजन लाइनअपलाई व्यापक रेञ्जका वायरलेस ओएलईडी टेलिभिजन मोडेलहरूसहित विस्तार गर्दैछ । जसमा उच्च पिक्चर र अडियो क्वालिटीलाई प्रोत्साहित गर्दै उन्नत एआई प्रोसेसरहरू, ए अल्फा ११ एआई प्रोसेसर पनि समाविष्ट रहनेछन् । एलजीको नवीनतम ओएलईडी टेलिभिजनहरूले वेभओएस स्मार्ट टेलिभिजन प्लेटफर्मसहित व्यक्तिगत गृह(मनोरञ्जन अनुभव प्रदान गर्नेछ ।

त्यस्तै ग्लोबल टीभी बजारको शिपमेन्ट पछिल्लो वर्ष कुलमा २०१ मिलियनभन्दा बढी रहेको कम्मनीले जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा थोरै कम हो । एलसीडी टीभीको शिपमेन्ट पछिल्लो दुई वर्ष लगातार २०० मिलियन युनिटभन्दा कम रहेको थियो, जबकि ओएलईडी टीभीको शिपमेन्ट एलजीसहित ५.६ मिलियन पुगेको छ ।

एलजीले नेपालमा विगत ३५ वर्षदेखि दिगो तथा वातावरण मैत्री प्रविधियुक्तका साथै विगत केही वर्षदेखि एआई सम्मिलित उत्कृष्ट उत्पादनहरू भित्र्याएर ग्राहकको सन्तुष्टि हासिल गरिरहेको छ । नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स रहेको छ ।

images