images

नेप्से परिसूचक आज ९ दशलमव ३३ अंकले बढ्यो, ३ अर्ब ४५ करोडमाथिको शेयर कारोबर

images

काठमाण्डौ । नेप्से परिसूचक आज ९ दशलमव ३३ अंकले बढेको छ । हिजो भारी अंकले घटेको नेप्से परिसूचक आज ९ दशलमव ३३ अंकले बढेर २,०१७ को विन्दुमा कायम भएको छ । आज १७५ कम्पनीको शेयर मुल्य बढेको छ भने ६२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ३०८ कम्पनीको ९१ करोड ३८ लाख १५४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४५ करोडमाथिको शेयर कारोबर भएको छ ।

images

आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २७ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १३ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

images