logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • भाटभटेनी सुपर मार्केटको २७ औं स्टोर खुल्यो झापाको दमकमा

    भाटभटेनी सुपर मार्केटको २७ औं स्टोर खुल्यो झापाको दमकमा

    91
    SHARES
    भाटभटेनी सुपर मार्केटको २७ औं स्टोर खुल्यो झापाको दमकमा

    काठमाण्डौ । भाटभटेनी सुपर मार्केटको २७ औं स्टोर झापाको दमकमा खुलेको छ । दमक नगरपालिका–९ चियादोकान चोकमा भाटभटेनी सुपरमार्केटको उक्त स्टोर खोलिएको कम्पनीले जानकारी दिएको छ ।

    बुधवार एक समारोहकाबिच भाटभटेनीका प्रबन्ध निर्देशक मीन बहादुर गुरुङ र श्रीमती साबित्री गुरुङले संयुक्त रुपमा उक्त स्टोरको उद्घाटन गरेका हुन् । स्टोर उद्घाटन गर्दै प्रबन्ध निर्देशक गुरुङले शुभचिन्तक, आम उपभोक्ता महानुभावहरुको मायाको प्रतिफलकै कारण दमकमा पनि भाटभटेनी स्टोर खुल्न सकेको र आजबाट उक्त स्टोरमार्फत सेवाग्राहीलाई विशेष छुटसहित उत्कृष्ट सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

    केही समयअघिसम्म काठमाडौँ केन्द्रित भाटभटेनीले पछिल्लो समय देशै भरीका मुख्य मुख्य सहरमा आफ्नो आटलेट स्टोर विस्तार गरिरहेको छ । यसैको निरन्तरता पछिल्लो पटक झापाको दमकमा कम्पनीले आफ्नो २७ औं स्टोर खोलेको हो ।


    अर्थ चौतारी
  • बुधबार, २३ फाल्गुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट