logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • स्याङ्जामा गरिमा विकास बैंकको एक्सटेन्सन काउण्टरबाट आजदेखि कारोबार शुभारम्भ

    स्याङ्जामा गरिमा विकास बैंकको एक्सटेन्सन काउण्टरबाट आजदेखि कारोबार शुभारम्भ

    468
    SHARES
    स्याङ्जामा गरिमा विकास बैंकको एक्सटेन्सन काउण्टरबाट आजदेखि कारोबार शुभारम्भ

    काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं. ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरी उक्त एक्सटेन्सन काउण्टरबाट आजदेखि कारोबार शुभारम्भ गरेको छ ।

    सो एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

    काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाण्डौ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।


    अर्थ चौतारी
  • बुधबार, २३ फाल्गुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved