logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • कांग्रेस वागमती प्रदेश सरकारबाट बाहिरियो, ६ जना मन्त्रीले आजै सामूहिक राजीनामा बुझाए

    कांग्रेस वागमती प्रदेश सरकारबाट बाहिरियो, ६ जना मन्त्रीले आजै सामूहिक राजीनामा बुझाए

    117
    SHARES
    कांग्रेस वागमती प्रदेश सरकारबाट बाहिरियो, ६ जना मन्त्रीले आजै सामूहिक राजीनामा बुझाए

    काठमाण्डौ । केन्द्रको सत्ता समीकरण बदलिएसँगै वाग्मती प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने भएको छ । प्रदेश सरकारमा रहेका ६ जना मन्त्रीले आजै मूख्यमन्त्री शालिकराम जमकट्टेलसमक्ष सामूहिक राजीनामा बुझाएका छन् ।

     

    १२ सदस्यीय प्रदेश मन्त्रीपरिषद्मा कांग्रेसका ६ मन्त्री छन् । कांग्रेसका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा, वन तथा वातावरण मन्त्री मसिना खड्का, ऊर्जा खानेपानी तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामा, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र स्वास्थ्य मन्त्री उत्तम जोशी छन् । कांग्रेस बाहिरिने भएपछि वागमती प्रदेश सरकार अल्पमतमा पर्ने भएको छ ।

     

    ७ राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७ र माओवादीका २१ जना सांसद छन् । यस्तै राप्रपाका १३ जना रहेकोमा १ जना सभामुख रहेका छन् भने नेकपा एसका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् । सरकार बनाउन ५६ सांसदको समर्थन आवश्यक हुन्छ ।


    अर्थ चौतारी
  • बुधबार, २३ फाल्गुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved