काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मन्त्री बनेका २० जनाको कार्यविभाजन गरेका हुन् ।
प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार एमालेका ८, माओवादी केन्द्रका ५, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ र एकीकृत समाजवादीका २ गरी मन्त्रिपरिषद २० सदस्यीय भएको छ ।
जसअनुसार एमालेबाट मन्त्री बनेकाहरु रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार, हरि उप्रेती रक्षा, पदम गिरी कानुन न्याय तथा संसदीय मामिला, भगवती चौधरी महिला बालबालिका, राजेन्द्र राई, खानेपानी तथा सरसफाइ, दामोदर भण्डारी, उद्योग, ज्वालाकुमारी साह, कृषि तथा पशुपंक्षी विकास, बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी मन्त्री बनेका छन् ।
यस्तै माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत, उर्जा, रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधी, हितबहादुर तामाङ पर्यटन मन्त्री बने ।
यसैगरी रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद (डीपी) अर्याल, श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद र सुमना श्रेष्ठ, शिक्षा मन्त्री बनेका हुन् ।
एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बूढा सहरी विकास मन्त्री बनेका छन् ।
एमालेले महासेठ बाहेक अघिल्लो पटक मन्त्री बनेर २ महिनामै राजिनामा दिएकाहरुलाई नै पुन मन्त्री बनाएको छ । यस्तै माओवादीले ३ जना मन्त्रीलाई दोहो¥याएको छ भने दुई जना थपेको छ ।