images

अर्थतन्त्र सङ्कटमा छैन, मन्दीमा छ, चुनौतीहरूलाई समाधान गर्छोः अर्थमन्त्री पुन

images

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले मुलुकको वर्तमान अर्थतन्त्र सङ्कटमा नभएर मन्दीमा रहेको दाबी गरेका छन् । मंगलबार साँझ अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै पुनले अर्थतन्त्रमा रहेका चुनौतीहरूलाई सबै भन्दा पहिला सबै अन्तरमन्त्रालय समन्वय गरेर समाधान गर्ने बताए ।

‘अर्थतन्त्रमा सङ्कट नै होइन । मन्दीमा पुगेर चलायमान कम भएको हो । अर्थतन्त्रमा चुनौतीहरू छन् । चुनौतीहरूलाई प्रधानमन्त्रीले मुख्य कामको रूपमा सुशासन पहिलो प्राथमिकता र आर्थिक समृद्धिको गर्ने प्राथमिकता निर्धारण गर्नुभएको छ । नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसाथ गरेको छ । सरकारको प्राथमिकता प्रधानमन्त्रीको निर्देशनमा रहेर सबै क्षेत्रको मनोबल उठाएर आशा जगाउने गरी काम गर्छु । मेरो प्रतिबद्धता पनि हो । सजिलो छैन,’ उनले भने ।

images

उनले अर्थतन्त्रको चुनौतीलाई प्रधानमन्त्रीले मुख्य कामको रूपमा सुशासन पहिलो प्राथमिकता र आर्थिक समृद्धिको गर्ने प्राथमिकता निर्धारण गर्नुपरेकाले त्यही अनुसार काम गर्ने बताए । उनले आम सर्वसाधारण र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

उनले सन् २००८मा विश्व व्यापी आर्थिक सङ्कट लगतै २०११ मा अर्थमन्त्रीको जिम्मेवारीमा सम्हाल्दा पनि त्यो बेलाको सङ्कट समाधान गरेको भन्दै अहिलेको समस्या पति समाधान गर्न सक्ने अवस्थामा रहेको बताए । उनले आर्थिक मन्दीको बेलामा पनि आर्थिक वृद्धिदर ५ प्रतिशत गरेको अनुभवका आधारमा काम गर्ने सुनाए । उहाँले अर्थतन्त्रको केही ठाउँमा शिथिलताहरू रहेको भन्दै प्राथमिकताका साथ समाधान गर्ने बताए ।

उनले सबैसँग समन्वय गरेर अर्थतन्त्रलाई चलायमान बनाउने काममा आज देखिने लाग्ने प्रतिबद्धता जनाए ।

images