logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • हरित वित्तको पैसा पूर्वाधारमा लगाउने अर्थमन्त्रीको पहिलो निर्णय

    हरित वित्तको पैसा पूर्वाधारमा लगाउने अर्थमन्त्रीको पहिलो निर्णय

    130
    SHARES
    हरित वित्तको पैसा पूर्वाधारमा लगाउने अर्थमन्त्रीको पहिलो निर्णय

    काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले हरित वित्तको पैसा पूर्वाधारमा लगाउने पहिलो निर्णय गरेका छन् । उनले जलवायु वित्तमार्फत आउनसक्ने अनुदान तथा सहुलियतपूर्ण ऋणलाई पूर्वाधारमा लगाउने पहिलो निर्णय गरेका छन् । नेपालले हालसम्म न्यूनमात्र जलवायु वित्त प्राप्त गर्न सकेको हुँदा त्यसलाई बढाउने दिशामा सरकारले जोड दिने पनि निर्णयमा उल्लेख छ ।

    नेपालमा जलवायु परिवर्तनले गरेको असरको सम्वोधन गर्ने आयोजना र कृयाकलापमा आवश्यक पर्ने स्रोत र हाल नेपालले प्राप्त गरेको जलवायु वित्तबीच ठूलो खाडल रहेको छ ।

    ‘जलवायु वित्त सम्बन्धी अन्तर्राष्ट्रिय कोष तथा सुविधामा पहुँच स्थापित गर्न सम्बन्धित कोषहरुमा पहुँच, छलफल तथा वार्ता, राष्ट्रिय स्तरमा तयारी, क्षमता विकास, आवश्यक पहलकदमी र गुणस्तरीय आयोजना तयारीमा जोड दिने,’ अर्थमन्त्री पुनको निर्णयमा उल्लेख छ ।

    ‘ग्रिन क्लाइमेट फन्डको राष्ट्रिय कार्यक्रमको पाइपलाइनमा रहेका आयोजनाहरुको अद्यावधिक गर्ने निर्णय पनि उनले गरेका छन् ।


    अर्थ चौतारी
  • बिहिबार, २४ फाल्गुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट