images

मेटाले भारतमा ‘डाटा सेन्टर’ बनाउने, ५ सयदेखि १२ सय करोड भारतीय रुपैयाँ खर्च गर्ने

images

काठमाण्डौ । फेसबुकको माउ कम्पनी मेटाले भारतमा डाटा सेन्टर स्थापना गर्ने तयारी गरेको छ । छोटो भिडियो राख्न मिल्ने ‘रिल्स’ को माग भारतमा बढ्दै गएको भन्दै मेटाले भारतमा डाटा सेन्टर स्थापनाका लागि अध्ययन सुरु गर्ने भएको छ ।

 

images

यसका लागि तयारी सुरु भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।

 

मनीकन्ट्रोलले उल्लेख गरेअनुसार मेटाले १० देखि २० मेगावाटको डाटा सेन्टर भारतमा खोल्ने तयारी गरेको हो । यसका लागि मेटाले ५ सयदेखि १२ सय करोड भारतीय रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

images