images

खल्ती र गरिमा विकास बैंकबीच डिजिटल भुक्तानीका लागी रणनितिक सम्झौता

images

काठमाण्डौ । डिजिटल वालेट खल्ती र गरिमा विकास बैंकबीच डिजिटल भुक्तानीका लागी रणनितिक सम्झौता भएको छ । सम्झौता अन्तर्गत विकास बैंकका ग्राहकहरुले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्न सक्नेछन् ।

 

images

यस सम्झौता सँगै अब विकास बैंकका ग्राहकहरूले स्मार्टबैंक एप–गरिमा डिजिटल बटुवा बाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न सकिने छ । बैंकका अनुसार ग्राहकले खल्ती प्रयोग गरि मुभि, इभेन्ट लगायतको टिकट खरिद सँगै बिल भुक्तानी र अरू थुप्रै सुविधाहरूको लाभ उठाउन सक्ने छन् ।

 

बैंकबाट खल्तीमा लोड गर्ने सुविधा सँगसँगै खल्ती बाट गरिमा विकास बैंकको खातामा पठाउन पनि सकिने जनाइएको छ ।

images