logo

२०८१ चैत्र ३ सोमबार

logo
  • सोमबार, ३ चैत्र २०८१
  • शेयर बजारमा १३.५१ अंकले उकालो, ३ अर्ब माथिको कारोबार

    शेयर बजारमा १३.५१ अंकले उकालो, ३ अर्ब माथिको कारोबार

    416
    SHARES
    शेयर बजारमा १३.५१ अंकले उकालो, ३ अर्ब माथिको कारोबार

    काठमाण्डौ । शेयरबजारप्रति नवनियुक्त अर्थमन्त्री वर्षमान पुन सकारात्मक देखिएसँगै बिहिबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) १३.५१ अंकले बढेको छ । पुनले विर्फिन दिने क्रममा शेयर बजारको विषयमा पनि प्रवेस गरेका थिए । शेयर बजारमा बेला–बेला लत माथि भइरहने र शेयर बजारमा भएका समस्याहरुलाई सुधार गर्नुपर्छ भनेर मन्त्री पुनले बताएका थिए ।

     

    पुनले सम्रचना गत रुपले नीतिगत रुपले सुधरा गर्नुपर्ने कुरा खुल्ला रुपले सुधार गर्नुपर्छ भनेको थिए । ‘ पुनले पदभार ग्रहण गर्दा गरेको भाषण अहिले बजारमा पनि सकारात्म देखिएको छ ।  पुनको उक्त भनाईले लगानीकर्ताले अझ भरोसा गरेको बजारले देखाएको छ ।

    बिहिबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) १३.५१ अंकले बढेर २०३०।५५ विन्दुमा पुगेको छ । आज १७६ कम्पनीको शेयर मुल्य बढेको छ भने ५९ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

     

    आज ३ अर्ब १९ करोड ९२ लाख ५ हजार रुपैयाँ बराबरको ८९ लाख २९ हजार १५२ कित्ता शेयर किनबेच भएको छ । आज पिपिल्स हाइड्रो पावरको शेयर १० प्रतिशतले वृद्धि भएर सकारात्मक सक्रिट हानेको छ ।

     

    आज भएको कारोबारमा १३ उपसमुह मध्ये २ उपसमुहको शेयर घटेको छ भने अन्य सबैको शयेर बढेको छ । आज होटल तथा पर्यटन, म्युचुअल फण्ड र ट्रेडिङ समुहबाहेकका सबै समुहको परिसुचकहरु उकालो लागेका छन् ।


    अर्थ चौतारी
  • बिहिबार, २४ फाल्गुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved