images

सुनको मूल्य शुक्रबार स्थिर, प्रतितोला १ लाख २५ हजार रुपैयाँ

images

काठमाण्डौ । सुनको मूल्य शुक्रबार स्थिर रहेको छ । विहिबार उच्च रेकर्ड बनाएको सुनको मूल्य शुक्रबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएके छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारकै मूल्यमा सुनको कारोबार भएको छ ।

 

images

बिहीबार हालसम्मकै उच्च प्रतितोला १ लाख २५ हजार रुपैयाँ रहेको सुन शुक्रबार पनि सोही मूल्यमै कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि रोकिएपछि शुक्रबार नेपाली बजारमा पनि स्थिर रहेको हो ।

 

चाँदीको भाउ पनि शुक्रबार स्थिर रहेको छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ४७० रुपैयाँमा शुक्रबार चाँदीको कारोबार भएको महासंघले जनाएको छ

images