images

१४ लाखकाे लागतमा निर्माण सम्पन्न भएकाे भक्तिनिया धामकाे २९ गते उद्घाटन हुने

images

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका स्थित धार्मिक पर्यटकिय क्षेत्र भक्तिनिया धामको नव निर्मित भवन समुद्घाटन तथा राधा कृष्ण भागवानको मुर्ति स्थापना फागुन २९ गते हुने भएको छ । यहि फागुन २६ गते देखि २९ गते सम्म बर्दगोरिरया गाउपालिकामा रहेको रामजानकी सेवा समाज भक्तिनिया धाममा नव निर्मित राधा कृष्ण भागवानको मुर्ति स्थापना एवम् मन्दिर समुद्घाटन कार्यक्रम भव्य समारोहका बीच हुने भएको बर्दगोरिया गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष रामकृष्ण डंगौरा थारु (रञ्जित) ले जानकारी दिए ।

 

images

संघीय सरकारको ६ लाख ७६ हजार,  गाउँपालिको ५  लाख आर्थिक सहयोग एवम् स्थानिय बासिको २ लाख ३५ हजार २ सय रुपैया बराबरको जनश्रमदामा निर्माण भएको हो । निर्माण सम्झौता भएको दुई महिना नपुग्दै मन्दिर निर्माण सम्पन्न भएको वडा अध्यक्ष रञ्जितले जानकारी दिए ।

 

 

राम जानकी सेवा समाज (भक्तिनिया धाम) काे नवनिर्मित भवन तथा राधा कृष्ण भागवानको मुर्ति स्थापनाकाे समुद्घाटनको कार्यक्रम फागुन २६ गतेदेखि सुरु हुने छ । फागुन २६ गते कलश यात्रा,परिक्रमा हुनेछ । यस्तै फागुन २७ गते प्राणदान, प्राण प्रतिस्था हुने, फागुन २८ गते मुर्ति स्थापना, पुजापाठको कार्यक्रम हुनेछ भने मन्दिर उद्घाटन एवम भोजन भण्डरा कार्यक्रम फागुन २९ गते हुने अध्यक्ष रञ्जितले बताए ।

 

भक्तिनिया धाममा नवनिर्मित राधाकृष्ण मन्दिरकाे समुद्घाटन बर्दगोरिया गउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले गर्ने अध्यक्ष रञ्जितले जानकारी दिएका छन् । वडा अध्यक्ष रञ्जितले धार्मिक र पर्यटकीय यस स्थलको विकासका लागि सबै मिलेर काम गर्नुपर्ने बताउँदै सबै कार्यक्रममा उत्साहजनक सहभागिताका लागि आग्रह गरेका छन् ।

images