images

सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पार्टीका तीन मन्त्री थपिए, मन्त्री नै कारवाहिमा पर्ने सम्भावना

images

काठमाण्डौ । सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पार्टीका तीन मन्त्री थपिएका छन् । केन्द्रको सत्ता समिकरणमा आएको फेरबदलले प्रदेशहरुमा पनि सत्ताको नेतृत्व बदल्ने कसरत भइरहेका बेला सूदुरपश्चिममा काँग्रेसले तीन जना मन्त्री थपेको छ । केन्द्रमा गठबन्धन भत्किएसँगै सुदूरपश्चिममा काँग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाह अल्पमतमा परेका छन् ।

उनले माओवादीलाई सत्ताबाट निकालेर नागरिक उन्मुक्तिको साथ लिएका हुन् । शाहले आर्थिक मामिला मन्त्रालयमा नागरिक उन्मुक्तिका घनश्याम चौधरी, भूमि व्यवस्था राज्यमन्त्रीमा इन्दिरा गिरी र खुसीराम चौधरीलाई विना विभागीय मन्त्री नियुक्त गरे ।

images

मन्त्रीहरुले हिजै राति प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिएका छन् । यसैबीच नेपाली काँग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरूलाई नागरिक उन्मुक्ति पार्टीले कारबाही गर्ने भएको छ ।

पार्टी नेतृत्वको सल्लाहबिनै सुदूरपश्चिम सरकारमा सहभागि हुने निर्णय भएकाले सरकारमा सहभागिहरूलाई कारबाही गर्ने केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले बताए ।

images