logo

२०८१ चैत्र ९ आइतबार

logo
  • आइतबार, ९ चैत्र २०८१
  • किसानलाई दूधको भुक्तानी दिन नसकेको डीडीसी पाँच करोड नाफामा

    किसानलाई दूधको भुक्तानी दिन नसकेको डीडीसी पाँच करोड नाफामा

    169
    SHARES
    किसानलाई दूधको भुक्तानी दिन नसकेको डीडीसी पाँच करोड नाफामा

    काठमाण्डौ । दूध उत्पादकलाई लामो समयदेखि भुक्तानी नदिएको दुग्ध विकास संस्थान (डीडीसी) ले चालु आर्थिक वर्षमा नाफा कमाएको छ। प्राप्त विवरण अनुसार छ वर्षदेखि घाटामा रहेको डीडीसी यो चालु आव २०८०–८१ को छ महिनामा नाफामा गएको देखिन्छ।

    चालु आव २०८०–८१ को साउनदेखि पुस मसान्तसम्म डीडीसीले पाँच करोड १५ लाख पाँच हजार १९४ रुपैयाँको नाफा देखाएको छ। डीडीसीले साउनदेखि पुससम्ममा एक अर्ब ९४ करोड ४९ लाख आम्दानी गरेको छ भने एक अर्ब ८८ करोड ७७ लाख रुपैयाँ खर्च गरेको देखिन्छ।

    त्यस हिसाबले कर फर्छ्योटपछि पाँच करोड १५ लाख नाफा गरेको छ। गत आव २०७९र८० मा डीडीसी ४९ करोड ५१ लाख ४० हजार रुपैयाँ घाटामा थियो। गत आवमा तीन अर्ब ६५ करोड ६६ लाख ६० हजार रुपैयाँ आम्दानी गरेको थियो भने चार अर्ब १५ करोड १८ लाख एक हजार रुपैयाँ खर्च गरेको थियो।

     

    डीडीसी छ वर्षअघि अर्थात् आव २०७४र७५ मा चार करोड ७५ लाख रुपैयाँ नाफा गरेको थियो। त्यसपछि लगातार घाटामा गइरहेको थियो। यो चालु आवमा नाफा देखाएको छ। त्यो नाफा अहिले नगदमा देखाइएको छैन।

    महाप्रबन्धक सञ्जीव झाले यो आवमा छ महिनाको हिसाब निकाल्दा पाँच करोड नाफामा गएको देखिन्छ तर त्यो नगदका रूपमा हात नपरेको बताए। उत्पादन गरिएको दुग्धजन्य पदार्थ मौज्दात रहेका कारण नगद हात लागेको छैन तर चैतदेखि सुक्खा सिजन शुरु हुँदै छ, त्यसमा मौज्दात दुग्धजन्य पदार्थ खपत भएपछि नगद हातमा आउने उनले बताए। यो समाचार गोरखापत्र दैनिकमा छ ।


    अर्थ चौतारी
  • शनिबार, २६ फाल्गुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved