काठमाण्डौ । नेपाली महिला फुटबल टोलीका सदस्य प्रीति राई र सविता रानामगरलाई आशिका फाउन्डेसनले नगदसहित सम्मान गरेको छ ।
फाउन्डेसनले शनिवार प्रीति र सवितालाई जनही ५० हजारसहित सम्मान गरेको हो ।
साउदीमा एक साताअघि भएको वाफ वुमन्स फुटबल प्रतियोगितामा नेपाललाई उपविजेता बनाउन प्रीति र सविताले उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रीतिले सेमिफाइनल र सविताले फाइनलमा गोल गरेकी थिइन् ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times