काठमाण्डाै । त्रिकोणात्मक शृङ्खला खेल्नका हङकङ पुगेको नेपाली टोलीले आइतबार पहिलाे खेल घरेलु टिम हङकङकाे सामना गर्दै छ । हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।
नेपाल, हङकङ र पपुवा न्युगिनी सहभागी सिरिज आजबाट सुरु हुन लागेको हो । त्रिकोणात्मक सिरिजमा नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ ।
त्यसअघि नेपालले शनिबार हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । सो खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । हङकङले प्रस्तुत गरेको २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १६.४ ओभरमा १ सय ३९ रनमा समेटिएको हो ।
नेपाल भन्दा बरियतामा तल रहेकाे हङङसँग पराजित भएकाले आज मैदानमा नयाँ रणनीतिसहित नेपाली टाेली उत्रनु पर्ने छ ।
यस्ताे छ खेल तालिका
फ्रेन्डसिप कप – मार्च ९ – नेपाल विरुद्ध हङकङ
त्रिकोणात्मक सिरिज (मार्च १०-१३)
मार्च १०- नेपाल र हङकङ
मार्च १२ – नेपाल विरुद्ध पिएनजी
फाइनल – मार्च १३