logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • इवाखोला जलविद्युत् आयोजना चैतभित्र पुनर्निर्माण सकिने

    इवाखोला जलविद्युत् आयोजना चैतभित्र पुनर्निर्माण सकिने

    39
    SHARES
    इवाखोला जलविद्युत् आयोजना चैतभित्र पुनर्निर्माण सकिने

    काठमाण्डाै । गत असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पुर्‍याएको इवाखोला जलविद्युत् आयोजनाको पुनर्निर्माण चैतभित्र सकिने भएकाे छ ।

     

    ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोलामा रहेकाे आयोजनाको क्षमता ९.९ मेगावाट रहेको छ । तत्कालीन रैराङ हाइड्रोपावर कम्पनीको प्रवर्द्धनमा उत्पादित सो जलविद्युत् आयोजनाको बाँध, पाइप लाइन र प्रसारण लाइन र विद्युत्‌गृहमा बाढीपहिरोले क्षति गरेको थियाे । आयोजनाको पुनर्निर्माणको काम अहिलेसम्म नसकिँदा ९ महिनादेखि विद्युत् उत्पादन ठप्प रहेको छ ।

     

    जलविद्युत् आयोजनाको विभिन्न संरचना ध्वस्त बनाउँदा तत्कालीन समयमा ७० करोड रुपैयाँ बढी क्षति हुन पुगेको प्रारम्भिक अनुमान गरिएको थियो । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) का कार्यकारी सदस्यसमेत रहेका आयोजनाका कार्यकारी निर्देशक कुवेरमणि नेपालका अनुसार बाढीपहिरोले बाँध, एक किलोमिटर जति पाइप लाइन, विद्युत्‌गृह र अन्य संरचनामा क्षति गरेको थियो ।


    अर्थ चौतारी
  • आइतबार, २७ फाल्गुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट