काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता संस्थापक सेयर आइतबारदेखि लिलामी बिक्रीमा आएको छ । उक्त सेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले चैत १२ गतेभित्र गोप्य बोलपत्र आवेदन दिन सक्ने बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।
न्यूनतम मूल्य ३१५ रुपैयाँ हुनुपर्नेगरी बोलकबोल आवेदन माग गरिएको छ । उच्च मूल्य दिएका आधारमा सेयर बाँडफाँट हुने क्यापिटलले जनाएको छ । न्यूनतम १५ हजार कित्ता र अधिकतम डेढ लाख कित्ताकै लागि आवेदन दिन सकिनेछ ।
‘आवेदन दिँदा नै खरिद गर्न चाहेको सेयरको शत प्रतिशत रकम धरौटीवापत मुक्तिनाथ क्यापिटलको नाममा खिचिएको गुड फर पेमेन्ट चेक बुझाउनुपर्नेछ’ क्यापिटले सार्वजनिक सूचनामा भनेको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times