logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • देशको वर्तमान आर्थिक स्थिति, मूल्यवृद्धि ५% मा झर्‍यो, विदेशी विनिमय सञ्चिति १८ खर्ब ४४ अर्ब ९४ करोड

    देशको वर्तमान आर्थिक स्थिति, मूल्यवृद्धि ५% मा झर्‍यो, विदेशी विनिमय सञ्चिति १८ खर्ब ४४ अर्ब ९४ करोड

    78
    SHARES
    देशको वर्तमान आर्थिक स्थिति, मूल्यवृद्धि ५% मा झर्‍यो, विदेशी विनिमय सञ्चिति १८ खर्ब ४४ अर्ब ९४ करोड

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.६ प्रतिशतले र अमेरिकी डलरमा १९.१ प्रतिशतले बढेको छ ।

    माघ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ भने आयात २.३ प्रतिशत, निर्यात ७.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले घटेको छ ।

    कुल विदेशी विनिमय सञ्चिति १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ र अमेरिकी डलरमा १३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । माघ मसान्तसम्ममा सरकारको खर्च ६ खर्ब ८६ अर्ब ७५ करोड रहेको छ भने राजस्व परिचालन ५ खर्ब ६७ अर्ब ४० करोड रहेको छ ।


    अर्थ चौतारी
  • आइतबार, २७ फाल्गुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट