logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • सेयर बजारमा थप ७ कम्पनी सूचीकृत, कुन– कुन हुन त ?

    सेयर बजारमा थप ७ कम्पनी सूचीकृत, कुन– कुन हुन त ?

    104
    SHARES
    सेयर बजारमा थप ७ कम्पनी सूचीकृत, कुन– कुन हुन त ?

    काठमाण्डौ। सेयर बजारमा थप ७ कम्पनी सूचीकृत भएको छन् । माथिल्लो तामाकोशीसहित विभिन्न ७ कम्पनीका थप सेयर बजारमा सूचीकृत भएको हो । माथिल्लो तामाकोशी, एसबीआई बैंक, आरएसडीसी लघुवित्त, मुक्तिनाथ विकास बैंक, जीवन विकास लघुवित्त, युनाइटेड अजोड इन्स्योरेन्स, हिमालयन एभरेस्ट एन्स्योरेन्सका सेयर सूचीकृत भएको छन् ।

    माथिल्लो तामाकोशीको शत प्रतिशत हकप्रदवापतको १० करोड ५९ लाख कित्ता सेयर सूचीकृत भएको छ । एसबीआई बैंकको ३.७५ प्रतिशत बोनस सेयरवापतको ३७ लाख ९५ हजार २३५ कित्ता सेयर सूचीकृत भएको छ । आरएसडीसी लघुवित्तको ८.६ प्रतिशत बोनस सेयर वापत ७ लाख ४७ हजार ८२८ कित्ता, मुक्तिनाथ विकास बैंकको ९.७५ प्रतिशत सेयर बोनसवापतको ६२ लाख ६० हजार ३७७ कित्ता, जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस सेयरवापत १६ लाख ५४ हजार ८४७ कित्ता सेयर बजारमा सूचीकृत भएको छ ।

     

    युनाइटेड अजोड इन्स्योरेन्सको १०।२६ प्रतिशत बोनस सेयरवापत १९ लाख ५४ हजार ३२० कित्ता, हिमालयन एभरेस्ट एन्स्योरेन्सको ८.६३ प्रतिशत बोनस सेयरवापत १९ लाख ८६ हजार २२४ कित्ता सेयर थपिएको छ । यी सेयर सूचीकृत भएपछि हकप्रद वा बोनसवापत लगानीकर्ताले पाएको सेयर कारोबार गर्न बाटो खुलेको छ ।


    अर्थ चौतारी
  • सोमबार, २८ फाल्गुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved