logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • शाओमीको इन्ट्री लेभल रेड्मी एथ्री स्मार्टफोन नेपालमा

    शाओमीको इन्ट्री लेभल रेड्मी एथ्री स्मार्टफोन नेपालमा

    52
    SHARES
    शाओमीको इन्ट्री लेभल रेड्मी एथ्री स्मार्टफोन नेपालमा

    काठमाण्डौ । शाओमीले नेपालमा रेड्मी एथ्री लन्च गरेको छ । इन्ट्री लेभल रेड्मी एथ्री लन्चसँगै शाओमीले आफ्नो इन्ट्री लेभल लाइनअपलाई झनै विस्तार गरेको दाबी गरेको छ । रेड्मी एथ्री स्मार्टफोन ६.७१ इन्च एचडी प्लस डिस्प्ले र डुअल रियर क्यामेरा सेटअप सहित कर्निङ गोरिल्ला ग्लास ३ को सुरक्षासहित सञ्चालित छ ।

    १० वाट फास्ट चार्जिङ र ५ हजार एमएच ब्याट्रीको साथ रेड्मी एथ्रीलाई युएसबी टाइप सीमा चार्ज गर्न सकिने छ । ग्लास ब्याक र लेदर टेक्सचर ब्याक गरी दुईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध यो स्र्माटफोनमा साइड फिंगरप्रिन्ट स्क्यानर जस्ता सुरक्षाका सुविधाहरू उपलब्ध छन् ।

    शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले प्रभावशाली प्रदर्शन, उत्कृष्ट डिस्प्ले र एआई डुअल क्यामेराको साथ रेड्मी एथ्री मा इन्ट्री लेभल स्मार्टफोनमा हुनुपर्ने सबै फिचरहरु उपलब्ध रहेको बताए । रेड्मी एथ्री स्टाइल, इनोभेसन र पर्फर्मेन्सको कम्बीनेसन रहेको उनको दाबी छ ।

     

    रेड्मी एथ्रीमा ६.७१ इन्चको एचडी प्लस डिस्प्ले छ । फोनमा मिडियाटेक हेलियो जी ३६ प्रोसेसर र २.२ गिगाहर्जसम्मको क्लक स्पिडका साथ रेड्मी एथ्रीले फास्ट पर्फमेन्स र सिमलेस मल्टिटास्किङ सुनिश्चित गर्दछ । ४ जिबी र्‍याम र १२८ जिबी स्टोरेजको साथमा प्रयोगकर्ताले स्मुथ अपरेसन र आकर्षक स्टोरेजको मजा लिन सक्ने बताइउको छ ।

    एथ्री ओलिभ ग्रीन, मिडनाइट ब्ल्याक र लेक ब्लू रङमा उपलब्ध छ । फोन ३ जिबी + ६४ जिबी र ४ जिबी + १२८ जिबी भेरियन्टमा उपलब्ध हुनेछ । यी भेरियन्टको मूल्य क्रमशः १२ हजार र १३ हजार रुपैयाँ कायम गरिएको छ । ३ जिबी + ६४ जिबी र ४ जिबी + १२८ जिबीको मूल्य क्रमश रु. ११,९९९ र रु. १२,९९९ पर्नेछ ।


    अर्थ चौतारी
  • सोमबार, २८ फाल्गुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट