images

सर्वोत्तम सिमेन्टको सेयर रजिष्ट्रारमा एनआइएमबी एस क्यापिटल

images

काठमाण्डौ । सर्वोत्तम सिमेन्टले सेयर रजिष्ट्रारमा एनआइएमबी एस क्यापिटल नियुक्त गरेको छ । अब यस कम्पनीको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनआइएमबी एस क्यापिटलले गर्नेछ ।

सर्वोत्तम सिमेन्टले केही समयअघि मात्र आइपीओ जारी गरेको हो । आईपीओमा मागभन्दा १८.२३ गुणा बढी आवेदन परेको थियो । रितपूर्वक भरिएका कुल ९ लाख ५८ हजार ९५९ आवेदकमध्ये ५५ हजार ५२१ जनाले कम्पनीको आईपीओ पाएका छन् । उनीहरूमध्ये २६ जनाले ५१ कित्ताका दरले पाएका छन् भने बाँकीले ५० कित्ताका दरले पाएका छन् ।

images

images