काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सात जनाले आवेदन दिएका छन् ।अन्तिम दिनसम्ममा जम्मा सात जनाले आवेदन दिएका हुन् ।
आवेदन दिनेमा दामोदर भण्डारी, श्रीमान कार्की, शेखर बराल, नारायणकुमार भट्टराई, उज्ज्वलराज अर्याल, सुरेन्द्र थापा र बुद्धकाजी श्रेष्ठ रहेका छन् ।
आवेदन दिने मध्ये हाल नेपाल पुनर्बीमा कम्पनमै कार्यरत डेपुटी सिईओ तथा हाल कामु सिईओ दामोदर भण्डारी समेत रहेका छन् ।
सिईओमा आवेदन दिने श्रीमान कार्की नेपाल बीमा प्राधिकरणमा लामो समय काम गरेका बीमा क्षेत्रका अनुभवी व्यक्ति हुन् । उनी पछिल्लो समय नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्ने दौडमा भएपनि लाइसेन्स नमिलेपछि छोडेका थिए । बीमाको नियमन क्षेत्रमा लामो समय काम गरेका कार्कीले उत्कृष्ट नतिजा दिने भन्दै नेपाल रिको सिईओ बन्ने अभियानमा लागेका छन् ।
त्यस्तै, बीमा क्षेत्रमै लामो समय काम गरेका र पछिल्ले समय राष्ट्रिय बीमा कम्पनीबाट राजिनामा गरेर हिडेका शेखर बराल पनि नेपाल रिमा सिईओ हुने दौडमा रहेका छन् ।
त्यस्तै, गुरास लाइफबाट केही पहिला नै सिईओ भएर छोडेका नारायणकुमार भट्टराई पनि यो दौडमा उत्रिएका छन् । यसअघि राष्ट्रिय बीमाको सिईओ हुने गरी पहिलो नम्वरमा नाम भएर पनि कोपभाजन परेका अजोड इन्स्योरेन्स कम्पनीको डपुटी सिईओ सुरेन्द्र थापा पनि नेपाल रिमा सिईओ भएरै छोड्ने भन्दै आवेदन दिएका छन् ।
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीकै पूर्व सिए उज्ज्वलराज अर्यालले पनि आवेदन दिएका छन् । त्यस्तै, बीमा क्षेत्रमा लामो समय काम गरेका बुद्धकाजी श्रेष्ठले आवेदन दिएका छन् ।
आवेदकहरु मध्येबाट सर्टलिष्ट गरी कार्ययोजना प्रस्तुतीकरण पश्चात उत्कृष्ट तीन जना मध्येबाट सिईओ नियुक्त हुनेछन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीको कार्यकाल गत पुस ११ मा समाप्त भएको थियो । हाल कम्पनीको निमित्त सीईओ दामोदर भण्डारीले यो जिम्मेवारी सम्हाल्दै आएका छन् ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times