काठमाण्डौ । कैलाली र बर्दियाको सिमाना स्थित कर्णाली पुलमा लाइटर बोकेको ट्रकमा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको छ । ना.५ ख ५२९७ नम्बरको ट्रकमा लागेको आगो दमकलको सहायताले निभाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले रातोपाटीलाई बताए ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–२ बाट कैलालीतर्फ प्रवेश गरेपछि ट्रकमा अचानक आगो लागेको हो । ट्रक कञ्चनपुर घर भएका ३२ वर्षीय जगन्नाथ जोशीले चलाएका थिए । इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरिराम डाँगीको टोलीले ट्रकमा रहेका स्टाफहरुलाई सकुशल उद्धार गरेका छन् । आगलागीबाट ट्रक पूर्ण रुपमा जलेको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times