images

कोका–कोलाको‘काठमाण्डौ इज कुकिङ’ को दोस्रो संस्करण हुँदै

images

काठमाण्डौ । कोका–कोलाले ʻकाठमाण्डौ इज कुकिङ’ को दोस्रो संस्करण गर्ने भएको छ । उक्त कार्यक्रम काठमाण्डौको हायात होटल मैदानमा चैत्र २ गते बिहान ११ बजेदेखि सुरु हुनेछ ।

 

images

यो कार्यक्रम कोका–कोलाको ग्लोबल ब्रान्ड प्लेटफर्म – ʻरियल म्याजिक’अन्तर्गतनै पर्न कम्पनीले जनाएको छ । यस वर्षकोʻकाठमाण्डौइज कुकिङ’ ऐतिहासिक हुने कम्पनीले जनाएको छ । यस कार्यक्रममा चर्चित भारतीय गायक पापोन लगायत नेपाली चर्चित ब्यान्ड तथा गायकहरु द एलेमेन्ट्स, भेक, जोन एन्ड द लोकल्स,सुशान्त घिमिरे र प्रजिनाले पनि प्रस्तुति दिनेछन् ।

 

कोका–कोलानेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भनिन्,‘यस कार्यक्रमले नेपालीहरुको रमाइलो गर्ने संस्कृतिलाई झल्काउनेछ । ʻकाठमाण्डौ इज कुकिङ’मा हाँसो,खुसी र मनोरञ्जनका पलहरु देख्न पाइनेछ । नेपाली समुदायको विभिन्न जीवन्त भावनाहरुलाई यस कार्यक्रममा उतार्न पाउँदा हामी निकै हर्षित छौँ ।’

images