logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • निसानको म्याग्नाइट एसयूभी स्मार्ट इडिसन सार्वजनिक, यस्ता छन् सुविधा

    निसानको म्याग्नाइट एसयूभी स्मार्ट इडिसन सार्वजनिक, यस्ता छन् सुविधा

    494
    SHARES
    निसानको म्याग्नाइट एसयूभी स्मार्ट इडिसन सार्वजनिक, यस्ता छन् सुविधा

    काठमाण्डौ । नेपालमा निसान गाडीका अधिकारिक विक्रेता पायोनियर मोटो कर्पले- निसान म्याग्नाइटको स्मार्ट इडिसन संस्करण (भेरियन्ट) सार्वजनिक गरेको छ।

    नेपालमा सन् २०२१ मा सार्वजनिक भई नेपाली बजारमा लोकप्रियता पाएको यो ‘बिग’, ‘बोल्ड’, ‘ब्युटिफुल’ र ‘कारिज्माटिक’ एसयुभि-निसान म्यागनाइट-अब नयाँ स्मार्ट रनवीनतापूर्ण आरामदायी सुविधाहरूसहित उपलब्ध भएको छ।

     

    निसान म्याग्नाइट स्मार्ट इडिसन, मार्च महिनाभरी (१ मार्च देखि ३१ मार्च २०२४ सम्ममा) खरिद गर्दा विशेष छुटका साथ आकर्षक मूल्यको लाभ लिन सकिन्छ। यस गाडीको खरिदमा ग्राहकहरूले विभिन्न लाभहरू समावेश गरी जम्मा रू ३ लाख १६ हजार १९६ सम्मका फाइदाहरू प्राप्त गर्न सक्नेछन्। यी सुविधाहरूमा केही नियम र सर्तहरू लागू हुनेछन्।

     

    निसान म्याग्नाइट स्मार्ट इडिसनमा अतुलनीय मनोरञ्जनको लागि नयाँ ८ टच स्क्रिन नेभिगेसन डिस्प्ले उपलब्ध छ। ढुक्कले ड्राइभिङ गर्न सक्षम बनाउने फग लाइटहरू समावेश गरिएका छन्। स्मार्ट एलईडी डीआरएलले कारको डिजाइनमा सुन्दरता थप्दछ। एलोय ह्विल, मस्कुलर लाइनहरू र डायनामिक स्टाइल डिजाइनले गर्दा यो गाडी हरेक कोणबाट साँच्चिकै आकर्षक र बोल्ड देखिन्छ। वायरलेस चार्जर भएकोले, ड्राइभको आनन्द लिँदै, सजिलै मोबाइल चार्जमा राख्न सकिन्छ।

     

    निसान मोटर साउथ एसिया बिजनेस युनिटका प्रमुख रघुनाथ नैरलेले भने, ‘निसान म्याग्नाइट स्मार्ट इडिसन गाडीले- निसानको निरन्तर इनोभेसन (नवप्रवर्तन)द्वारा ग्राहकलाई समृद्ध ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्यलाई झल्काउँछ।’ पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाले ‘नयाँ म्याग्नाइट स्मार्ट इडिसन, स्मार्ट, सरल र आधुनिक अनुभव खोज्ने नेपाली उपभोक्ताहरूका लागि उपयुक्त छ’ भने।

     

    निसान म्यागनाइट एएमटी चाँडै नै देशव्यापी रुपमा उपलब्ध हुने तयारीमा रहेको छ। पायोनियर मोटो कर्प-सम्पूर्ण ग्राहकहरूलाई आफ्नो नजिकको निसान सोरुममा सम्पर्क गरी यो नयाँ एएमटि भेरियन्टमा ड्राइभिङ अनुभव प्राप्त गर्न प्रोत्साहित गर्दछ।

    निसान म्याग्नाइट स्मार्ट इडिसन, देशव्यापी विभिन्न निसान डिलरसिपहरूमा उपलब्ध छ। पायोनियर मोटो कर्प-सम्पूर्ण ग्राहकहरूलाई आफ्नो नजिकको निसान सोरुममा सम्पर्क गरी यो नयाँ इडिसनको अनुभव गर्न र नयाँ योजनाका छुट र फाइदाहरूको लाभ लिन प्रोत्साहित गर्ने कम्पनीको भनाई छ।

    पायोनिर मोटो कर्प र निसानको बारेमा
    पायोनियर मोटो कर्प प्राइभेट लिमिटेड नेपालको लागि निसान गाडीको एकमात्र आधिकारिक विक्रेता हो। कम्पनीले निसानको सम्पूर्ण मोडलको गाडीका लागि बिक्री, सर्भिसिङ र पार्टपुर्जा, सुविधा उपलब्ध गराउँदै आएको छ।

    निसान मोटो कर्प लिमिटेड, वा निसान, जापानको योकोहामाको निशी कुमा मुख्यालय रहेको बहुराष्ट्रिय अटोमोबाइल (गाडी) निर्माता हो। कम्पनीले निसान, र इन्फिनिटि ब्रान्डका कारहरू निस्मो नामक इन–हाउस पर्फमेन्स ट्युनिङ उत्पादनहरू अन्तर्गत बिक्री गर्दछ।


    अर्थ चौतारी
  • सोमबार, २८ फाल्गुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved