logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • डाबर वाटिका स्याम्पु मिस नेपाल २०२४ को टाइटल स्पोन्सर

    डाबर वाटिका स्याम्पु मिस नेपाल २०२४ को टाइटल स्पोन्सर

    65
    SHARES
    डाबर वाटिका स्याम्पु मिस नेपाल २०२४ को टाइटल स्पोन्सर

    काठमाण्डौ । विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै डाबर वाटिका स्याम्पुले मिस नेपाल २०२४ प्रतियोगिताको टाइटल स्पोन्सरसिपको घोषणा गरेको छ । प्रतियोगिताको प्रायोजकको रूपमा डाबर वाटिकाले महिला सशक्तीकरणमा आफ्नो विश्वासलाई पुनः पुष्टि गरेको कम्पनीको भनाई छ ।

    डाबर नेपालका मार्केटिङ हेड अभय प्रसाद गोर्खालीले भने, ‘हामी सुन्दरता र बौद्धिकताको उत्सव मनाउने एउटा प्रतिष्ठित प्लेटफर्म मिस नेपाल प्रतियोगितासँग आबद्ध हुन पाउँदा हर्षित छौँ । यो साझेदारीमार्फत हामीले नेपालभरका महिलाहरूलाई निडरताका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरित गर्ने र प्रोत्साहित गर्ने लक्ष्य राखेका छौँ ।’

    प्रतियोगिताका आयोजक द हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापितले टाइटल प्रायोजकका रूपमा डाबर वाटिकालाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।


    अर्थ चौतारी
  • शुक्रबार, ९ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट