logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • पाँच वर्ष पछि काठमाण्डौ पिंक केयरएथन आगामी वैशाखमा हुने

    पाँच वर्ष पछि काठमाण्डौ पिंक केयरएथन आगामी वैशाखमा हुने

    52
    SHARES
    पाँच वर्ष पछि काठमाण्डौ पिंक केयरएथन आगामी वैशाखमा हुने

    काठमाण्डौ । चौथो संस्करणको काठमाण्डौ पिंक केयरएथन आगामी वैशाख ८ गते हुने भएको छ । लेजर पोर्ट नेपाल प्रालि र नेपाल प्रहरी श्रीमती संघको आयोजनामा पुनरागमन पाँच वर्ष पछि चौथो पटक आयोजना हुन लागेको हो ।

     

    काठमाण्डौको दशरथ रंगशालामा २४ फेब्रुअरी, २०१७ मा आयोजित यसको पहिलो संस्करणले अत्यधिक प्रतिक्रिया तथा सफलता प्राप्त गरेको थियो। त्यस पछि पनि २०१८ र २०१९ मा यस कार्यक्रमले २५०० भन्दा बढी महिलाहरूलाई एकसाथ ल्याउन सफल भयो र त्यसपछि विश्वव्यापी कोभिड महामारीको कारण कार्यक्रम केही वर्षलाई रोकियो। पिंक केयरएथनमा प्रहरी प्रधान कार्यालय नक्सालबाट सुरु भएर सोही स्थानमा नै समापन हुनेछ।

     

     

    अयोजकहरूका अनुसार कार्यक्रममा पैदल हिँडाइ र दौड गरी तीन विधामा हुनेछ, जसमा ३ किमी, ५ किमी र १० किमी रहनेछ । प्रत्येक विधामा प्रथम पाँच जनालाई पुरस्कार दिइनेछ, र भाग्यशाली सहभागीहरूका लागि प्रशस्त उपहारहरू हुनेछन्। भारतीय अभिनेता तथा मोडल जय भानुशालीले काठमाण्डौ पिंक केयरएथोनको २०२४ संस्करण संचालन गर्नेछन्। सहभागीताका लागि सम्पूर्ण महिलाहरूले ई सेवा मार्फत दर्ता गर्न सक्नेछन् ।

     

     

    काठमाण्डौ पिंक केयरएथन स्तन क्यान्सर सचेतना, महिला स्वास्थ्य सेवा, र शारीरिक, मानसिक, बौ‌द्धिक, तथा आध्यात्मिक विकास र सशक्तीकरणको लागि आत्म हेरचाह प्रवर्धन गर्ने कार्यक्रमहरूको श्रृंखला हो। पिंक केयरएथनले महिलाहरूलाई आफ्नो र आफ्नो परिवारको लागि स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने गरेको छ।


    अर्थ चौतारी
  • शुक्रबार, १६ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट