images

दोस्रो टी २० अभ्यास खेलमा पनि आयरल्याण्ड ए सँग नेपाल ४० रनले पराजित

images

काठमाण्डौ । आयरल्याण्ड ए सँगको दोस्रो टी२० अभ्यास खेलमा पनि नेपाल ए पराजित भएको छ । शनिबार भएको दोस्रो टी–२० खेलमा नेपाल ४० रनले पराजित भएको हो ।

आयरल्याण्ड ए ले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपाल १८४ रन बनाउँदा अलआउट भयो ।

images

नेपाल ए का देव खनालले २५ बलमा ४७ रन, विनोद भण्डारीले १३ बलमा २६ रन र लोकेश बमले १३ बलमा २५ रन र बसिर अहमदले २३ बलमा २७ रन बनाएका थिए ।

images