logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • हुन्डाईको नयाँ वर्ष अफर : ६ लाखसम्म छुट, १० लाखसम्म एक्सचेन्ज बोनस

    हुन्डाईको नयाँ वर्ष अफर : ६ लाखसम्म छुट, १० लाखसम्म एक्सचेन्ज बोनस

    91
    SHARES
    हुन्डाईको नयाँ वर्ष अफर : ६ लाखसम्म छुट, १० लाखसम्म एक्सचेन्ज बोनस

    काठमाण्डौ । हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष २०८१ को अवसरमा ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना ल्याएको छ।

    यो ग्राहकमुखी योजना यही चैत १९ देखि नेपालभरि सुरु भएको कम्पनीले जनाएको छ। ‘यसपालि हुन्डाईले तीन गुणा नगद छुटको आकर्षक अफर ल्याएको छ’, कम्पनीले भनेको छ। यसअनुसार ग्राहकले कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र १० लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्।

     

    योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्याङ्कन तथा एक्सचेन्ज सुविधा पाउनेछन्। योजनाअन्तर्गत ग्राहकहरुले स्क्य्राचको तीन गुणासम्म नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

    लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार सबै हुन्डाई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र इभी गाडीको ब्याट्रीमा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन्। यस स्किमबाट हुन्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी र ईभी खरिद गरी फाइदा लिन सकिने कम्पनीको भनाइ छ।

    लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु र ४५ बढी चार्जिङ पोइन्टहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।


    अर्थ चौतारी
  • सोमबार, १९ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट