logo

२०८२ बैशाख ९ सोमबार

logo
  • सोमबार, ९ बैशाख २०८२
  • सगरमाथा आरोहण गर्न ६३ जनाले लिए अनुमति, साढे १० करोड राजस्व संकलन

    सगरमाथा आरोहण गर्न ६३ जनाले लिए अनुमति, साढे १० करोड राजस्व संकलन

    247
    SHARES
    सगरमाथा आरोहण गर्न ६३ जनाले लिए अनुमति, साढे १० करोड राजस्व संकलन

    काठमाण्डौ । वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आजसम्म पाँच समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीले अनुमति लिएका हुन् ।

    विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि १७ आरोही समूहका ४२ महिला र १०६ पुरुष गरी कूल १४८ ले आरोहण अनुमति लिएको जानकारी दिए ।

    हिमाल आरोहणको अनुमति बापत् हालसम्म १० करोड ५५ लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । सगरमाथापछि सबैभन्दा बढी आमादब्लम र अन्नपूर्ण हिमालमा समान तीन आरोही समूहले अनुमति लिएको विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यो याममा सगरमाथासहितका हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ । वसन्त ऋतुमा सबैभन्दा बढी आरोही सगरमाथा आरोहणका लागि आउने गर्छन् । विभागका अनुसार अघिल्लो वर्षको वसन्त ऋतुमा ४७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । यो वर्ष सोही संख्याको हाराहारीमा आरोही आउने विभागको अनुमान छ ।


    अर्थ चौतारी
  • सोमबार, १९ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved