logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • रेड्मी नोट १३ सिरिजमा नयाँ वर्ष अफर

    रेड्मी नोट १३ सिरिजमा नयाँ वर्ष अफर

    208
    SHARES
    रेड्मी नोट १३ सिरिजमा नयाँ वर्ष अफर

    काठमाण्डौ । शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल – नयाँ नोट’ नामक विशेष अफर लिएर आएको छ । यस अन्तर्गत ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ फ्रिमा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्न सक्नेछन् ।

    रेड्मी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो प्लस ५जीको खरिदमा ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क वा रेड्मी वाच ३ एक्टिभ ३ हजार ४९९ रुपैयाँ छुट मूल्यमा प्राप्त गर्न सक्नेछन्, जसको वास्तविक मूल्य ५ हजार ६९९ रुपैयाँ हो ।

    त्यसैगरी रेडमी नोट १३ खरिद गर्दा भने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क पाउनेछन् । यस अफरले नेपाली बजारमा उच्च गुणस्तरीय, पहुँचयोग्य प्रविधि प्रदान गर्ने शाओमीको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।

    रेड्मी १३ नोट सिरिज अन्तर्गत तिन प्रकारका फोनहरू उपलब्ध छन् – रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५जी । शाओमीको यो अफर सिमित अवधिको लागि मात्र उपलब्ध छ । चैत्र १९ गतेबाट सुरु हुने यो अफरको फाइदा उठाउनका लागि ग्राहकहरू वैशाख ९ गते भित्र नजिकैको एमआई स्टोर र शाओमीको आधिकारिक रिटेल स्टोरमा जान सक्नेछन् ।

    मूल्य तथा उपलब्धता

    रेड्मी नोट १३ः

    मूल्य: रु २४,९९९ (६/१२८ जिबी), रु २७,९९९ (८/२५६ जिबी)

    मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू

    रेड्मी नोट १३ प्रोः

    मूल्य: रु ३४,९९९ (८/२५६ जिबी), रु ३९,९९९ (१२/५१२ जिबी)

    मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल

    रेड्मी नोट १३ प्रो प्लस ५ जी:

    मूल्य: रु ४७,९९९ (८/२५६ जिबी), रु ५२,९९९ (१२/५१२ जिबी)

    मिडनाइट ब्ल्याक, मुनलईट ह्वाइट र औरोरा पर्पल


    अर्थ चौतारी
  • मंगलबार, २० चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट