logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त मर्जरमा जाने

    किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त मर्जरमा जाने

    689
    SHARES
    किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त मर्जरमा जाने

    काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने भएका छन् । चैत १८ गते आइतबार बसेको दुई संस्थाका प्रतिनिधिहरूको बैठकले संस्था गाभ्ने गाभिने (मर्जर) सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

     

    किसान लघुवित्त वित्तीय संस्था लिमिटेड लम्कीचुहा नगरपालिका वडा नं. ४, कैलालीमा रजिस्टर्ड कार्यालय छ भने जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड बुटवल उपमहानगरपालिका वडा नं. ११, रुपन्देहीमा रजिस्टर्ड कार्यालय रहेको छ ।

    लामो समयदेखि दुई संस्थाबिच मर्जरको गृहकार्य पश्चात आइतबार अन्तिम सहमति भएको हो । उक्त सम्झौताको बोधार्थ नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, कम्पनी रजिस्ट्रारको कार्यालयलगायतलाई जानकारी दिइएको छ ।


    अर्थ चौतारी
  • मंगलबार, २० चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved