काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले चैत्र १३ देखि १६ गते सम्म बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको हो ।
उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३१ जना व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्नेछन् ।
बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरुबीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा लिइएको छ । अभिकर्ता तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
तालिमबाट निर्जीवन बीमाको क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरे बमोजिम निर्जीवन बीमा गर्नका लागि ग्राहकले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times