images

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, डाक्यो वार्षिक साधारण सभा

images

काठमाण्डौ । हालै आईपीओ जारी गरेको सर्वोत्तम सिमेन्टले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । चैत २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी चार अर्ब ६५ करोड रुपैयाँ छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले २०८१ बैशाख १२ गते पाँचौं वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा सो दिन बिहान १० बजे रुपन्देहीको होटल भिलासामा हुने भएको छ । साथै, सभामा जानको लागि कम्पनीले चैत ३० गते एकदिन बुक क्लोजको मिति तय गरेको छ । यससँगै चैत २९ गतेसम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउने छन् ।

images

 

images