logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • वाइड बडी विमान खरिदमा भ्रष्टाचार गरेको दाबी, ३२ जनाविरुद्ध मुद्दा दायर

    वाइड बडी विमान खरिदमा भ्रष्टाचार गरेको दाबी, ३२ जनाविरुद्ध मुद्दा दायर

    195
    SHARES
    वाइड बडी विमान खरिदमा भ्रष्टाचार गरेको दाबी, ३२ जनाविरुद्ध मुद्दा दायर

    काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वटा वाइड बडी विमान खरिदमा भ्रष्टाचार गरेको दाबी गर्दै पूर्व मन्त्री र पूर्व सचिवसहित ३२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले वाइड बडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

    अख्तियारले उक्त विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । शाही हाल कर्णाली कांग्रेस संसदीय दलका नेता छन् ।

    कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका शाही तत्कालीन पर्यटन मन्त्री रहेका बेला वाइड बडी जहाज किन्ने निर्णय भएको थियो । अख्तियारले पूर्वसचिव शिशिर ढुङ्गाना, वर्तमान सहसचिव बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडीलाई प्रतिवादी बनाएको छ ।

    यस्तै, निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन, तत्कालीन कायममुकायम निर्देशक रवीन्द्र श्रेष्ठविरुद्ध पनि निगमका निर्देशकहरू उपेन्द्र पौडेल, उमेश पौडेल र श्रवण रिजाल, निगमका तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेल र वर्तमान उपनिर्देशक बृहत्तमान तुलाधार विरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ ।

    यस्तै, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे र अच्युतराज पहाडी, जीवनप्रकाश सिटौला यो प्रकरणबारे प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले वाइड बडी विमान खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको थियो ।

    सम्झौताभन्दा फरक खातामा रकम भुक्तानी, अपारदर्शी कारोबार, उडान भर्दाको अधिकतम तौल, मूल्यवृद्धिको अनुपात, गलत लागत अनुमान तयार गरिएको, विमानको क्षमता घटाइएको लगायत कारणले भ्रष्टाचार भएको अख्तियारको भनाइ छ ।


    अर्थ चौतारी
  • बिहिबार, २२ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved