logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • वर्षको अन्तिम कारोबारको दिन दोहोरो अंकले घट्यो नेप्से परिसूचक

    वर्षको अन्तिम कारोबारको दिन दोहोरो अंकले घट्यो नेप्से परिसूचक

    312
    SHARES
    वर्षको अन्तिम कारोबारको दिन दोहोरो अंकले घट्यो नेप्से परिसूचक

    काठमाण्डौ । वि.सं २०८० सालको अन्तिम कारोबारको दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक १०.७१ अंकले घटेर २०२५.३० बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.५२ प्रतिशतले घटी हो ।



     

    बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब माथिको सेयर कारोबार भएको बजारमा बुधबार भने ३ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ । सो दिन ३०८ वटा स्क्रीप्स कारोबारमा आएका थिए । जसमध्ये हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक अर्थात १२ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने १३.७० रुपैयाँले घटेर प्रतिकित्ता ६१०.२० रुपैयाँमा झरेको छ ।

    घटेको बजारमा माण्डु हाइड्रोपावरको सेयर मूल्य करिब सर्किट लेभलमा कारोबार भएको छ । हाइड्रोको सेयर मूल्य ९.६९ प्रतिशतले घटेर प्रतिकित्ता ७७० रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ६८ रुपैयाँले बढी हो ।

     

    यता सिंगटी हाइड्रो इनर्जी र विन नेपाल लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । सिंगटी हाइड्रोको १० प्रतिशतले घटेर प्रतिकित्ता १७१ रुपैयाँमा र विन नेपालको ९.९३ प्रतिशतले सेयर मूल्य घटेर प्रतिकित्ता १३६१ रुपैयाँमा झरेको छ । बुधबार उत्पादनमूलक र ट्रेडिङ समूह सामान्य बढेका छन् भने बाँकी समूह घटेका छन् ।


    अर्थ चौतारी
  • बुधबार, २८ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved