काठमाण्डौ। टीभीएस ले नयाँ वर्षको अवसर पारि ‘टीभीएस मेरो साथी’ स्किम सार्वजनिक गरेको छ । यस स्किम अन्तर्गत ग्राहकहरूले टीभीएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको सुविधा पाउने छन् ।
‘टीभीएस मेरो साथी’ स्किम अन्तर्गत ग्राहकहरूले टीभीएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुविधा उपलब्ध गराएको छ भने हरेक हप्ता १००५ क्यास ब्याक, क्यास डिस्काउन्ट, र एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मूल्याङ्कन, बजारकै सबै भन्दा कम ईएमआई तथा सजिलो फाइनान्स सुविधा जस्ता आकर्षक अफरहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
यो अफर चैत्र ३०, २०८० बाट सुरु भई सीमित अवधिको लागि देशैभर लागू हुनेछ।
जगदम्बा मोटर्स प्रा।लि।, नेपालमा टीभीएसका दुई पाँग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ।
गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ।
गुणस्तर र टेक्नोलोजी फ्रेन्डली सवारी साधनको उत्पादनमा सधैँ अगाडि रहेको यस ब्राण्डले पछिल्लो समय बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरु राख्दै प्रयोगकर्ताहरु माँझ निकै ठूलो प्रभाव पार्न सफल बनेको छ।
स्मार्ट कनेक्ट, रेस ट्युन्ड फ्युल इन्जेक्सन, विभिन्न राइड मोडस् र भोइस कमान्ड जस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्डली बनाउँदै सबैको मन जित्न सफल टीभीएस, बजारको लिडिङ् टेक्नोलोजी फोकस्ड ब्राण्ड हो।